images
images

युथ एड्भोकेसी नेपालको अगुवाईमा अन्तर्राष्ट्रिय स्वयमसेवक दिवस मनाईयो

काठमाडौं । अन्तर्राष्टिय स्वयंसेवक दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ। युथ एड्भोकेसी नेपालले राष्ट्रिय युवा परिषद, युएनभि, भिएसओ नेपाल, महिला एकता समाज, एक्सनएड नेपाल लगायतका संघ संस्थाहरुकोसँगको सहकार्यमा डिसेम्वर ४ तारिख देखी ७ तारिखसम्म काठमाडौंमा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो।

डिसेम्वर ४ तारिखका दिन २०० भन्दा स्वयंसेवको सहभागितमा बानेश्वरको तिनकुनेमा सरसफाई गरिएकाे थियो । तत्पश्चात राष्ट्रिय स्वयंसेवक सम्मेलनको आयोजना गरिएको युथ एड्भोकेसी नेपालले जनाएको छ।

सम्मेलनको उद्घाटन युवा तथा खेलकुद मन्त्री डिग वहादुर लिम्वुले गरेका थिए। मन्त्री लिम्बुले स्वयंसेवकहरुको सम्मान, व्यवस्थापन तथा नियमनका लागि चाँडै मन्त्रालयले स्वयंसेवक नीति जारी गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, “स्वयंसेवा नेपालको पहिचान भएकाले यसको सम्मान, संरक्षण तथा प्रवद्र्धनका लागि सवै जुट्न पर्दछ ।”

सम्मेलनमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र वस्नेत, संयुक्त राष्ट्रसंघिय आवासीय प्रतिनिधि हाना सिंगर, भिएसओका प्रतिनिधि शिखा श्रेष्ठ, गैसस महासंघका अध्यक्ष राम प्रसाद सुवेदी, युथ एड्भोकेसी नेपालका सल्लाहकार नरेन खतिवडा, अधिकारकर्मी भोला भट्टराई, राष्ट्रिय युवा परिषदका उप सचिव चन्दा थापा, युवा अधिकारकर्मी सन्तोष थापा लगायतले स्वयंसेवको विषयमा मन्तव्य राखेका थिए ।

सम्मेलनमा विभिन्न क्षेत्रका स्वयंसेवकहरुले स्वयंसेवकहरुले दैनिक जिवनमा भोग्नु पर्ने समस्या तथा चनौतीहरुको अनुभव साटासाट गरेका थिए । यसका साथै, स्वयंसेवक नीतिको आवस्यकता विषयक नीतिगत संवाद पनि आयोजना गरिएको थियो । साथै, युवा विद्यार्थीहरुलाई मानव अधिकार, जलवायु न्याय तथा स्वयंसेवको विषयमा अभिमुखीकरणको लागि प्रिमियर कलेज र नेपाल मेघा कलेजमा कलेज कार्यशाला आयोजना गरिएको थियो । कलेज कार्यशालाको सहजीकरण संजय पन्थी र पुनम विष्टले गरेका थिए ।

स्वयंसेवा नीति जारी नहुन्जेलसम्म युवाहरुले निरन्तर अभियान संचालन गरिराख्नु पर्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले बताए ।