images

सरकार लेनदेनमा फसिरहेको छः अधिवक्ता बाबुराम दाहाल

नेपालमा एकपछि अर्काे काण्ड आउने क्रम जारी छ। नक्कली भुटानी शरणार्थी काण्ड,बालुवाटार काण्ड, सुनकाण्डहरुको अन्त्य नहुँदै अहिले एनसेल काण्डले मुलुक तातिरहेको छ। यस्ता काण्डहरु किन र कसरी आए? यी काण्डहरुलाई निरुपण गर्नका लागि राज्यले के गर्नुपर्छ? मौजूदा ऐन कानुनको अवस्था के छ? एनसेल काण्ड के हो? राज्यले यसको निरुपर्ण कसरी गर्नुपर्छ ? लगायतका विषयमा केन्द्रित रहेर करिब दुई तिहाइ बहुमत सरकारका तत्कालिन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कानुनी सल्लाहकार अधिवक्ता बाबुराम दाहालसँग सरोज कोइरालाले गरेको कुराकानीको सम्पादित अंशः

मुलुकमा भ्रष्टाचार लगायतका विभिन्न काण्डहरु एकपछि अर्काे गरि आइरहेका छन्। ती काण्डहरुको छानविन र कानुनी कार्बाही हुन सकिरहेको छैन। अहिले एनसेलको काण्ड आएको छ। विगतमा कर नतिरेकोदेखि अहिले सेयर खरिदबिक्रिको प्रंशग छ। नेपाल सरकारलाई जानकारी नदिई कानुन विपरित सेयर खरिदबिक्री गर्‍यो भन्ने छ। एनसेलले त्यसको जवाफ पनि दिइसकेको छ। यी घटनाहरुलाई कसरी लिनु भएको छ?

मलाई के लाग्छ भने एनसेल रिनोल्ड होल्डिङ कम्पनीकोे आफ्नो सिस्टर कम्पनी हो। त्यो कम्पनीको सेयर होल्डर आजियटा हो। आजियटाले चाहिँ स्पेक्ट्रलाइटलाई सेयर बिक्रि गर्यो भन्ने कुरा बाहिर आएको छ। एनसेलले दूरसञ्चार प्राधिकरणलाई लेखेको चिठ्ठी हामीले हेर्यौं। त्यसमा हामी उनीहरुको कागजात संकलन गर्दै छौं। संकलन गरिसकेपछि हामी समिट गर्छौं। त्यसपछि कर तिर्नु पर्ने हो कि के गर्नु पर्ने हो ? हामी तिर्छाैं भन्ने आशयको चिठ्ठी रहेछ ।

तपाईले मलाई प्रश्न गरे जस्तै आम जनतालाई के लागिरहेको छ भने यत्रो अर्वाैंको कुरा छ। भोलि कर पनि अर्वमै हुन्छ। यहाँ मान्छेहरु लाखमा बिग्छन। करोड नै पाए भने पनि त कति बिग्छन् होला ? अर्वाैंको कर लगाउने भने त काम नै गर्दैनन् होला यीनिहरुले ? बिगार्छन् होला भन्ने जनतालाई परेको छ । एनसेलले गरेका यी खरिद बिक्रीका भित्रका सेयर होल्डरका कुराहरु सबै कानुनहरु नेपाल सरकारलाई ल्याएर देखाउनुपर्छ। त्यसपछि मात्रै स्विकृत लिनुपर्छ ।

एनसेलले सेयर बिक्री वितरण गर्दा चाहिँ नेपाल सरकारलाई देखाउनु पर्दैन र ?

एनसेल कम्पनीको मुख्य लगानीकर्ता रिनोल्ड होल्डिङ कम्पनी हाे। त्यो परिवर्तन भएको छैन। रिनोल्ड होल्डिङ नाम गरेको कम्पनी बेचेर अर्काे कम्पनीमा गएको छैन । यदि त्यो नाम अर्काेको नाममा गएको भए त्यसको पूर्व स्विकृत नलिकन गर्नै सक्दैन्थ्यो । गर्नै पाउँदैन्थ्यो । रिनोल्ड होल्डिङको वेशमा आजियटा कम्पनी भन्ने थियो। त्यसले चाहिँ स्पेक्ट्रलाइट भन्ने कम्पनीलाई बेच्यो भन्ने कुरा आएको छ। त्यो ब्याक टू ब्याक भएको कारणले आउनै पर्छ भन्ने नभएर नआएको होला।

आजियटा कम्पनीले बेच्नु भनेको उसको सिस्टर कम्पनीले बेचे सरह होइन र ? रिनोल्ड होल्डिङ भन्ने कम्पनी के मा अडिएको छ? त्यसको बेश के हो? आखिर कम्पनीको त शेयर होल्डर हुन्छ। सेयर होल्डरको हैसियत हुन्छ। त्यो हैसियत अनुसारको त्यो कम्पनीले स्ट्यान्ड कायम गर्ने हो। त्यसको ठाउँमा आजियटा थियो। त्यसको ठाउँमा अर्काे आइसक्यो। अर्काे कम्पनीलाई बिक्री गर्यो। त्यसको जानकारी नेपाल सरकारलाई दिनैपर्छ। त्यसो नगरे वाफत उनीहरुले नेपाल सरकारलाई लाग्ने प्यानल्टी वा कर बुझाउनै पर्छ।

एनसेलले निकालेको विज्ञप्तिमा त जानकारी गराउनका लागि निवेदन पेश गरिनेछ भनेको छ नि ? यस कुरालाई आधार मान्ने हो भने त एनसेलले गल्ती गरेको देखायो नि त?

मलाई के लाग्छ भने हरेक कुराका पछाडि यसपछि यो गर्नु भनेर कानुनमा लेखेर साध्य पनि लाग्दैन । त्यो सम्भव पनि छैन। हाम्रो देशमा गर्छु भन्ने मान्छे छैन । भावना सफा नभएर बेचेर आएर दरखास्त हालेर जानकारी गराउन खोजेको होला जस्तो लाग्छ। उसले त्यसाे गरे वाफतको उनीहरुले जरिवाना तिर्नुपर्छ। उनीहरुले जतिखेर किनबेच गरे। त्यो बेला नै कर क्लियर गरेर किनबेच गर्नु पर्दथ्याे। त्यो वाफत लाग्ने जरिवाना नेपाल सरकारले भोलि क्षतिपूर्ती भराउनुपर्छ ।

यो बेलामा नेपाल सरकारले के गर्नु पर्दथ्यो?
नेपाल सरकार पहिला आफैंमा सक्षम सरकार हुनु पर्यो। जसलाई नेपाली जनताले विस्तारै सक्षम सरकार मान्न छोडिसकेका छन् । सरकार सक्षम छैन। असक्षम छ। सरकार बिकिरहेको छ । लेनदेनमा फसिरहेको छ । गलत मान्छेसँग उठबस गर्छ । सरकार भन्ने चीज जनताको लागि नभई अरु कसैको लागि हो । उनीहरुकै पार्टीका लागि हो । वा उनीहरुकै निजि कामका लागि हो । सरकार हाम्रो लागि होइन भन्ने जनतालाई परेको छ ।

त्यस कारण कसैले कुनै-कुनै काम भित्र भित्रै गर्छ। त्यसलाई रोक्नका लागि त नेपाल सरकार त्यो देशमा गएर रोक्ने अधिकार त छैन। तर मान्छेलाई डर भएन । मैले यसो गरें भने त भोलि नेपाल सरकारले मलाई प्यानाल्टी गर्छ।मलाई थ्रेट गर्छ। भोलि मलाई जे पनि गर्छ भन्ने डर चाहिँ मान्छेलाई भएन। यसमा पनि भएको यहि नै हो।

यहि चीज भारतमा भएको भए आजियटा कम्पनीले यो काम अघि बढाउन सक्थ्यो ?

तपाई हामी नेपालमा बस्छौं। हामी जताबाट पनि गाडि चलाउँछौं।दायाँबायाँ जताबाट पनि चलाउँछौं होइन ? तपाई विदेशमा गएर चलाउनुहोस् त । तपाई पनि चलाउनु हुन्न म पनि चलाउँदिन । त्यहाँ गएपछि हामी सर्तक भएर हिँड्छौं । बाटोमा थुक्दै हिँड्छौं । विदेशमा गएर कसैले थुक्छ ? चुइगम खाएर थुक्दै हिँड्छौं। त्यहाँ कसैले थुक्दै हिँड्छ?सिंगापुरमा त त्यो गर्ने वित्तिकै पाँचसय डलर जरिवाना लाग्छ। हामी नै त्यो मान्छे हौं। त्यहाँ गएर सुध्रिएर आउँछौं। यहाँ बिग्रिन्छौं।

अहिलेको यो एनसेल पनि त्यहि काण्डको रुपमा बाहिर आएको छ। सरकारप्रति जनतालाई विश्वास भएको भए चुपचाप लागेर बस्थे । ए यसो गरेछ । सरकारले असुल उपर गरिहाल्छ नि । मान्छेले किन गर्ने? धेरै कराइ रहनु पर्दैन । गलत भो भन्नेसम्म पुग्छ भन्ने जनतालाई हुन्थ्यो।

भनेपछि विदेशी कम्पनीले नेपाल सरकारलाई टेर्दैनन्। एउटा त्यो कारणको परिणाम हो। अब मिलेर खाए है भन्ने देखियो नि?

नेपाल सरकारलाई विदेशी कम्पनी मात्रै होइनन्। स्वदेशी कम्पनीले समेत टेर्दैनन् । भोलि गएर यस्ता काण्डहरु मिलाउँछन् भनेर नेपाली जनताले आवाज मात्रै ठूलो गरेको हो। चाहे अपराधीलाई छोडेको कुरा होस् । तीनीहरुलाई नेपाली जनताले जेल पठाउन मद्धत गरेका छन् । नेपाली जनताको आवाज नआएको भए त्यो घटना घट्दैन्थ्याे होला । भ्रष्टाचारका ठूला-ठूला काण्डहरु जनताको दबाबमा सरकार छानबिन गर्न बाध्य भएको छ ।

त्यस कारण यो अर्काले दबाब दिएर बाध्य हुनुभन्दा सरकार आफैले यो हर्कत गर्छ । काम गर्छ । सरकारले आफूले गर्नु पर्ने काम गर्छ भन्ने विश्वास नेपाली जनताले विश्वास मार्दै गएको देखिन्छ। त्यो मर्दै गएको प्रतिक हो।

उच्च पदस्थ अधिकारीहरु सांसद,मन्त्री बनेकाहरु र सेवाको क्षेत्रमा अगाडि बढेकाहरु होस या सेवा गर्न भनेर राजनीतिमा गएकाहरुको जुन घर बिल्डिङहरु देखिन्छन् नि यहाँले भने जस्तै तरमारेर बनेका हुन?

सबैलाई एउटै ठाउँमा मुछ्न अन्याय होला। कतिको पैतृक सम्पति पनि होला। कतिले व्यापार बिजनेश पनि गरेका छन । कतिले सानातिना उत्पादनका काम पनि गरेका छन । कतिपयले आफ्नो पेसा व्यवसायबाट पनि कमाएका होलान। ती कमाउने मान्छेहरु बाहेक सहरमा बसेका छन। घर बनाएर घर भाडा लगाएका छन । गाडि चढेका छन् । छोराछोरीलाई राम्रो स्कुलमा पढाएका छन्। केही नभए पनि उसको मासिक एकलाख पचास हजार खर्च हुन्छ।

पेसा पनि छैन । व्यवसाय पनि छैन । उसको पैतृक सम्पति पनि होइन। कहाँबाट आउँछ? विचौलियागिरी, त्यो किसिमको सेटिङ देखिन्छ। त्यहि भएर मन्त्रीहरुले त्यस्तै किसिमको काम चलाइरहेको देखिन्छ।

तपाई आफै पनि जिम्मेवारीमा रहेर काम गर्नुभयो।आफूलाई बौद्धिक भन्नेहरु विभिन्न पेसा व्यवसायका अगुवा हौं भन्नेहरु तपाईले भने जस्तो देशको स्थिती हुँदासमेत किन चुप लागेर बसेका छन्?

यसमा दुईवटा कारणहरु छन। कोही हामी किन मुछिन जाने ? हामीलाई कसैले मतलव गर्दैन भन्ने एउटा खुद्दार वर्ग छ। उनीहरुलाई धेरै कुरा थाहा छ। उनीहरुले परिवर्तन गर्न सक्छन्। तर उनीहरु बाहिर निश्कन चाहँदैनन्। उनीहरु जबसम्म बाहिर निस्किदैनन् फटाहाहरुको शासन भईरहन्छ।

अर्काे थरी जति गरे नि हुँदैन। केही उपाय छैन। यो हामीले भनेर पनि हुँदैन। लागू पनि हुँदैन। जता पाइन्छ, त्यतै लागौं भन्नेहरु छन्। हुनेवाला छैन। फाइदा चाहिँ लिऔं भनेर बाँकी बुद्धिजिवी त्यो काममा लागेका छन्। उनीहरु आफ्नो बुद्धि लगाउने होइनन्। तपाई नेता हुनु भयो म तपाई कहाँ गएर तपाईको के चाहना छ त्यहिँ सल्लाह दिने हो। जे सल्लाह दिँदा खुसी भईन्छ, त्यहि सल्लाह दिने खालका छन्। तपाईले काम गरेको राम्रो भएन भनेपछि त्यहाँ वरिपरि बसेकाहरुले गलत रुपमा व्याख्या गरिदिन्छन् ।

हेर्नुहाेस् पूरा भिडियाे