images

पहिचानवादीलाई आतंकारी गतिविधि नगर्न ओलीको चेतावनी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका पहिचानवादीहरूलाई आतंककारी गतिविधि नगर्न भन्दै चेतावनी दिएका छन् ।

पहिचान पक्षधरहरुले एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेशमा प्रवेश गर्न नदिने बताइरहेका बेला ओलीले यस्तो चेतावनी दिएका हुन् । बिहीबार पर्वतको कुश्मामा आयोजित कार्यक्रममा ओलीले कोसी प्रदेश कसैको विर्ता नभएको टिप्पणी गरे ।

कोशीमा पहिचानवादको नाममा भ्रम फैलाउन विदेशबाट सञ्चालित, लोकतन्त्रविरोधी, अशान्ति फैलाउने तथा अरुको स्वार्थ पूर्ति गर्ने तत्व लागिपरेको ओलीको आरोप छ । उनले नेपालमा प्रतिगामी शक्ति छटपटाउन थालेको तर राजतन्त्र फर्कने सम्भवना नरहेको दाबी पनि गरे । २०६५ साल फेरि नआउने ओलीको भनाइ छ ।