images
images

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आव्हान

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आव्हान गरेको छ। आयोगले शुक्रबार एक सूचना जारी गरेर राष्ट्रिय सभा निर्वाचनको लागि दल दर्ता गर्न आव्हान गरेको हो।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने पार्टीले मंसिर २४ देखि २९ गतेसम्म निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने आयोगले जनाएको छ।

आयोगले निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम राजनीतिक दल दर्ता गर्ने सम्बन्धी सूचना जारी गरेको हो।

निर्वाचन आयोगले जारी गरेको सुचनामा भनिएको छ,‘नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूलाई माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता हुन संवत २०८० साल मंसिर २४ गतेदेखि २९ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची(१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंमा निवेदन दिन यो सूचना गरिएको छ,।’

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS