images

रीता शाही ऋतुको दोस्रो गजल संग्रह‘चिनारी’विमोचन

काठमाडौं। साहित्यकार एवम् कांग्रेस नेतृ रीता शाही (ऋतु)को दोस्रो गजल संग्रह ‘चिनारी’ विमोचन गरिएको छ।
राजधानी काठमाडौं स्थित होटल अर्यालमा विपी यूथ स्टडीको औपचारिक कार्यक्रमकाबीच कांग्रेसका वरिष्ठ नेता एवम् सांसद डा शेखर कोइरालाले विमोचन गरेका हुन्।

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला बुढिनन्दा नगरपालिकामा जन्मिएकी शाहीकाे दोस्रो कृति चिनारीको समिक्षा वरिष्ठ आख्यानकार ममता अब्दुलले गरेकी थिइन्।अब्दुलले शाहीको साहित्त्य कोशेली चिनारीले समाजको यथार्त चित्रण गरेको बताइन्। उनले भनिन्,‘साहित्यकार रिता शाही (ऋतु)को गजल संग्रह चिनारीमा समाजको यथार्त चित्र छ। यस कृतीमा माया प्रेमका कुरा मात्रै नभएर राजनीतिक र देशको परिवेश समेटिएको छ।’उनले शाहीले दोस्रो कृतिपछि अरु कृतिहरुको समेत जन्म हुने विश्वास व्यक्त गरिन्।

त्यसैगरी कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले रीता शाहीले सानै उमेरमा धेरै काम गरेको भन्दै प्रशंसा गरे। उनले भने,‘धेरै मान्छेहरु २५ वर्षको उमेरमा आइपुग्दासम्म केही गरेका हुँदैनन्। रीता शाहीले स्वास्थ्य,समाजसेवा र साहित्यका क्षेत्रमा धेरै गरिसक्नु भएको छ। शाहीका रचनामा राजनैतिक चेतना समेत पढ्न पाउँदा खुसी लाग्यो।’

त्यस्तै कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले रीता साहित्यक मात्रै नभई राजनीतिमा समेत सक्रिय युवा नेतृ भएको भन्दै प्रशंसा गरे। डा कोइरालाले भने,‘रीता शाही आफैमा एक मेहनती युवा हुन। उनी साहित्यकमा मात्रै नभएर राजनीतिमा समेत सक्रिय महिला हुन। नेपाली कांग्रेस जस्तो पार्टीले उहाँ प्रति विश्वास गरिसकेको छ। त्यहि भएर पार्टीले उहाँलाई उपमेयरमा समेत प्रतिस्पर्धा गराइसक्यो।’उनले शाही पार्टीको १४ औं महाधिवेशन केन्द्रीय प्रतिनिधि भएको बताउँदै राजनीतिक र साहित्यक भित्र रीताको उज्जल भविष्य रहेको बताए।


शाहीले यस अघि (२०७३) सालमा ‘तीतामिठा पलहरु’ नामक गजल संग्रह प्रकाशन गरेकी थिइन। शाहीका आधा दर्जनबढी सांगितिक एल्वमहरु बजारमा आइसकेका छन्। शाही २०६६–२०६८सम्म बालअधिकार मञ्च बाजुराको कोषाध्यक्ष,२०६८–२०६९ सम्म बालअधिकार मञ्चको उपाध्यक्ष हुँदै २०६९देखि २०७०सम्म जिल्ला किशोरी सञ्जाल बाजुराको उपाध्यक्ष समेत भइसकेकी छिन।

विभिन्न सामाजिक संघ संस्थासँग आवद्ध शाहीले केही समय स्वास्थ्यकर्ममा समेत बिताइन। बाजुरा जिल्लाको पहिलो साहित्यक लेखिका शाही स्वास्थ्य साहित्य र समाजसेवा हुँदै अहिले राजनीतिकमा समेत सक्रिय रहेकी छिन्। गत स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उपमेयरमा होमिएकी शाही कांग्रेसको १४ औं महाधिवेशन केन्द्रीय प्रतिनिधि समेत हुन।

शाही आफू सानैदेखि साहित्यकमा रुची राख्ने भएकाले साहित्यकबाट अलग हुन नसकेको बताउँछिन्। उनी भन्छिन्,‘साहित्यक भनेको समाजको ऐना हो। समाजमा जे भईरहेको छ। त्यो कुरा साहित्यक लेखनबाट दर्शाउन सकिन्छ। त्यसभित्र पनि गजल विधाको छुट्टै महत्व छ उनले भनिन्,‘मैले कोरेका गजल सेयरले समाज बोलेको छ। कसैको जीवनमा मेल खाएमा संयोग मात्रै हुनेछ। उनले आफ्नो व्यस्थताका बाबजुद दुईवटा कृति ल्याउन सफल भएको बताउँदै त्यस क्रममा साथ दिनेहरु प्रति समेत कृतज्ञता ज्ञापन गरेकी छिन।

पछिल्लो समय समाजसेवाम तत्लीन शाही केही गत कात्तिकमा गएको भूकम्पकाा पीडितहरुको मलमपट्टीका लागि भन्दै दुई हप्ता जाजरकोट र रुकुमका बस्तीहरुमा गएर राहत वितरण समेत गरेकी थिइन। सिन्धुपाल्चोकको बाढी पहिरो होस् या बझाङमा गएको पहिरो, मुगुको आगलागी पीडित देखि सुर्खेतका राउटे किशोरी सम्झना र गाजली माथि दुव्र्यवहार हुँदा राहत लिएर पुगेको बताउँछिन्। देश तथा विदेशमा बस्नेहरुबाट आर्थिक संकलन गर्दै उनी दुखि विरामीहरुको सेवामा तत्लीन हुने गरेको बताउँछिन्।

समाज सेवाका क्रममा देखेका र भोगेका कुराहरु समेत शाहीले आफ्नो गजल संग्रह चिनारीमा समेटेकी छिन।
शाहीले २०७७ सालमा द्वारीका देवी ठकुरानी राष्ट्रिय साहित्य सम्मान र २०७७ सालमै कोभिड १९ हिरो अवार्ड अमेरिकाबाट सम्मानीत भएकी थिइन। कार्यक्रमको सञ्चालन नेविसंघ केन्द्रीय सदस्य दिनेश शाहीले गरेका थिए भने स्वागत मन्तव्य तरुणदलका केन्द्रीय सदस्य पशुपति पोखरेले गरेका थिए।