images

त्रिभुवन विमानस्थलबाट पूनःसाढे ६ किलो सुन बरामद

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पूनः साढे ६ किलो सुन बरामद भएको छ । प्रहरीको टोलीले भन्सारबाट बाहिरिसकेपछि साढे ६ किलो सुन बरामद गरेको हो ।

विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दले फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका विदेशी नागरिकबाट सुन बरामद भएको जानकारी दिए । सुन सहित विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सुनसहित समातिएका इजिप्टका नागरिक फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत ११ः५१ मा काठमाडौं अवतरण गरेका थिए । यही विमानमार्फत गोरखाका चन्द्र घले १४ किलो सुनसहित बिहीबार ११ः४० बजे अवतरण गरेका थिए ।