images
images
images

सन्दीपको मुद्धा कानुन व्यवसायीका तर्फबाटै स्थगित

काठमाडौं। किक्रेटर सन्दीप लामिछाने विरुद्धको मुद्धा उनकै कानुन व्यवसायीहरुले हटाउन लगाएका छन। लामो समयपछि आज (आइतबार) लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पेसी तोकिएको थियो ।

तर सन्दीप लामिछानेका तर्फबाट रहेका कानुन व्यवसायीहरु अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार अन्तिम सुनुवाइका लागि पेसी तोकिएकोमा शम्भु थापा लगायतका कानुन व्यवसायीहरू उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गराइएको हो ।

यसअघि गत कात्तिक २३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट माग गरेको थियो । दुवै पक्षबाट बहस नोट पेस भएपछि आइतबार सुनुवाइका लागि पेशी तोकिएको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS