images

नक्कली शैक्षिक प्रमाणपत्रधारी ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ

काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्रधारी ख्रीष्टियन महासंघका अध्यक्ष चरि बहादुर गहतराज पक्राउ परेका छन। आफूलाई ख्रिष्चियन महासंघका स्वघोषित अध्यक्ष भन्ने चरि बहादुर गहतराज अर्थात सिवी गहतराज पक्राउ परेका हुन ।

जिल्ला प्रहरी परिसर काठमाडौले मंगलबार अपरान्ह ४ बजे उनलाई अनामनगरबाट पक्राउ गरेको हो । किर्ते कागजात प्रयोग गरेको र नक्कली शैक्षिक प्रमाणपत्र बनाएको भन्ने प्रमाण भेटिएकाले गहतराजलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक कुमोद ढुङ्गेल जानकारी दिए ।

प्रहरी उपरिक्षक ढुङ्गेलका अनुसार उनलाई पक्राउ गरिएको र थप अनुसन्धान भईरहेको छ । महासंघका स्वघोषित अध्यक्ष गहतराजले काठमाडौंको पशुपति क्याम्पसबाट स्नातक पास गरेको शैक्षिक प्रमाणपत्र बनाएर विभिन्न प्रयोजनमा लगाएको प्रमाण सहित स्पेश फारेके टेलिभिजनले समाचार प्रसारण गरेको थियो।

उनको शैक्षिक प्रमाणपत्र फर्जी भएको पुष्टि गर्दै त्रिभुवन विश्वविद्यालयले सूचना तथा प्रसारण विभागलाई पत्र पठाएको थियो । ललितपुरको गोदावरीका गहतराजको शैक्षिक प्रमाणपत्र छानबिन माग गर्दै गत भदौ ३ गते उजुरी परेको थियो । त्यसपछि उनी विवादमा तानिएका थिए।