images
images

अमेरिका निवासी ठकुरी दम्पतीले गरे भूकम्प पीडितलाई आर्थिक सहयोग

काठमाडौं। जाजरकोटको कुशे गाउँपालिका–२ बर्खालेको जनजाति टोलका भूकम्पपीडितलाई आर्थिक सहयोग जुटेको छ । अमेरिका निवासी सुरेन्द्रसिंह ठकुरी र उनकी पत्नी सुमित्रासिंह ठकुरी दम्पतीले जाजरकोटका भूकम्प पीडितलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरेका हुन्।

उनीहरुले जनजाति टोलका सिंगो बस्तीका लागि व्यक्तिगत ८० हजार रुपैयाँ राहत स्वरुप आर्थिक सहयोग गरेकाे जानकारी दिएका छन्। सरकार र विभिन्न संघ, संस्थाहरुले उपलब्ध गराएको राहतका सामग्री उक्त टोलका भूकम्प पीडितले पाउन सकेका छैनन्। शक्ति र पहुँचवालाहरुको ठाउँमा राहत पुगेको भएपनि जनजाती टोलका भूकम्प पीडित परिवारलाई बेवास्ता गरेको गुनासो स्थानीयवासीहरुले गरेका छन् । यस्तो अवस्थामा ठकुरी दम्पतीले व्यक्तिगत रुपमा उक्त क्षेत्रका पीडित परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गरेको स्पेस समाचारलाई जानकारी दिएका छन।

गत कार्तिक १७ गते राति गएको विनाशकारी भूकम्पले सो टोलमा निकै समस्या सिर्जना गरेको छ । अत्याधिक चिसोका कारण त्यहाँको जनजीवन नै प्रभावित बनिरहेको छ । पीडितहरु चिसो माैसममा खुला आकाशमुनि रात बिताउन बाध्य छन् । भूकम्पले घरहरु पूर्णरुपमा क्षति त पु¥याएको छैन तर आंशिक क्षति भने बढी छ । घरहरु चर्किहरेका छन् । चर्किएका घरभित्र बस्न सक्ने स्थिति नभएपछि पीडितहरु खुला आकाशमुनि रात बिताउन बाध्य छन्।