images
images

राप्रपाले पृथ्वी जयन्तीको अवसरमा युवा कविता प्रतियोगिता गर्ने,प्रथम पुरुस्कार एक लाख

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसर पारेर युवा कविता प्रतियोगिता गर्ने भएको छ।

३०२ औं पृथ्वी जयन्तीको अवसरमा आगामी पुस २७ गते राप्रपाले ४० वर्ष ननाघेका युवाको कविता प्रतियोगिता गर्ने भएको हो। कविता पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसंग सम्बन्धित विषयमा हुनुपर्ने जनाएको छ।

कवितमा प्रथम हुनेलाई एक लाख नगद प्रदान गरिने जनाएको छ। त्यसैगरी कतिवतामा द्धितिय हुनेलाई ५० हजार र तेस्रो स्थान हासिल गर्नेलाई ५० हजार नगद प्रदान गरिने राप्रपाका प्रवक्ता मोहन बहादुर श्रेष्ठले जानकारी दिए।

कवितामा स्वदेश तथा विदेशमा रहेका इच्छुक कविहरुलाई प्रतियोगितामा सहभागी हुन राप्रपाको खुल्ला आह्वान गरेको श्रेष्ठले जानकारी दिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS