images

“अलि बढी पैसा दिनुभयो भने काम छिटो हुन्छ भनेर बिचौलियाले पैसा मागे”- पूर्व मुख्यसचिव कोइराला

काठमाडौं। पूर्व मुख्य सचिव विमल कोइरालाले कर्मचारीहरुले घुस लिएर मात्र काम गर्ने गरेको बताएका छन । स्पेस फोरके टेलिभिजनको कार्यक्रम अन्तरदृष्टिमा बोल्दै पूर्व मुख्य सचिव कोइरालाले यस्तो खुलासा गरेका हुन ।

उनले सार्वजनिक सेवा लिने क्रममा आँफुसँगै बिचौलियाले घुस मागेको बताए । ‘मैले ऋण लिएको जग्गा रोक्का थियो । जग्गा फुकुवा गर्न गएँ । जग्गा रित पूर्वक फुकुवा हुनु पर्ने हो । तर बैंकको मान्छे अलि बढि पैसा दिए काम छिटो हुन्छ भन्छ । उनीसँग पैसा माग्ने काम बिचौलियामार्फत गरिएको उनको दावी छ ।

उनले यातायात व्यवस्था कार्यालयमा गाडीको स्टीकर ५०/६० रुपैयाँमा पाइने भए पनि ५/७ सय खर्च नगरी नपाइएको तितो अनुभव सुनाए । मुख्य सचिव नै यस्तो मारमा छन् भने आम सर्वसाधरणको अवस्था के होला ? नेपालको कर्मचारी प्रशासन कति भ्रष्ट छ भन्ने कुरा पूर्व मुख्य सचिव कोइरालाको यी अनुभवबाटै प्रष्ट हुन्छ ।