images
images

वायुसेवा निगमका कर्मचारीहरुको आन्दोलन जारी

काठमाडौं। खुला प्रतिस्पर्धाबाट ग्राउण्ड ह्याडलिङको जिम्मा दिने नागरिक उड्यन प्राधिकरणको निर्णयविरुद्ध वायुसेवा निगमका कर्मचारीले आन्दोलन जारी राखेका छन । निगमका कर्मचारीहरुले आठौं दिन पनि विरोध र धर्नाको कार्यक्रम जारी राखेको हो ।

प्राधिकरणको निर्णय फिर्ता नहुञ्जेलसम्म विरोधका कार्यक्रम जारी रहने संघर्ष समितिले जनाएको छ । वायुसेवा निगम कर्मचारी युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष डाक्टर ऋषिकेश पन्थीले निजी एयलाइन्ससँग कमिसन खाएर राष्ट्रिय ध्वजावाहकलाई कमजोर बनाउन खोजेको अरोप लगाए ।

उनले आफूहरु विगत ८ दिनदेखि आन्दोलित हुँदापनि विभागीय मन्त्रीले कुनै चासो नदेखाएको गुनासो पनि गरे । माग सम्बोधनका लागि सरकार र विभागीय मन्त्री जिम्मेवार नबनेको उनको आरोप छ ।