images
images
images

केपी ओलीमाथि आक्रमण

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको छ। झुलाघाट चिवाभन्ञ्याङ सकंल्पयात्राको अभियान अन्तर्गत बिहीवार धनकुटामा ओली माथि आक्रमण भएको हो।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन् ।

ओलीको स्वागतमा लाइनमा बसेकाहरुको बीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका हुन् । उनलाई प्रहरीले रोक्न खोज्दाखोज्दै भीडमा पसेको खुलेको छ ।

आक्रमण लगत्तै एमाले कार्यकर्ताले उनलाई कुटपिट गरेका थिए । त्यसपछि राईलाई प्रहरीले पक्राउ गरेको छ । महालक्ष्मी–५ धनकुटाका राई पहिचानवादी संघ संगठनको कुनै जिम्मेवारीमा भने नरहेको प्रहरीले जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS