images
images

महेन्द्रनगरमा पूर्वराजा महेन्द्रको सालिक राख्न खोज्दा तनाव, एक साताका लागि निषेधज्ञा

काठमाडौं। तनाव बढ्ने स्थिति देखिएपछि स्थानीय प्रशासनले कञ्चनपुरको भीमदत्त नगरपालिकामा एक हप्ते निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिहीबारदेखि लागु हुनेगरी एक साताको लागि भीमदत्त नगरपालिकामा–४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी गोकुलकुमार अधिकारीद्वारा जारी आदेशमा भीमदत्त नगरपालिका ४ मा रहेको संविधानचोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने/नदिने सम्बन्धमा राजनीतिक दलहरूबिच मतभिन्नता भई आएको सन्दर्भमा सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

निषेधाज्ञा पनि सो क्षेत्रमा ५ जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइेछैन । केही दिनयता राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्र शाहको शालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरिएको बताइएको छ ।

संविधान चोकमा रहेको भीमदत्तको शालिकको ठाउँमा राप्रपाले महेन्द्रको शालिक राख्ने तयारी गरेको थियो । त्यसलाई मध्यनजर गर्दै दुई पक्षबिच झडप हुने आशंकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।