images
images
images

धनुषामा नाबालिकाको बलात्कारपछि हत्या

काठमाडौं । धनुषामा एक नाबालिकाको बलात्कारपछि हत्या भएको छ। धुनुषाको सबैला नगरपालिकाको कुसमाहा गाउकी एक नाबालिकाको जबरजस्ती करणी गरी हत्या भएको प्रहरीले जनाएको छ।

नाबालिकाको जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरेको धनुषाका नायब प्रहरी उपरीक्षक रञ्जन आबाले जानकारी दिएका छन। उनका अनुसार हत्या गरी शव खाल्डोमा फालिएको फेला परेको छ । बालिका हराएको सूचना प्राप्त भएपछि प्रहरीले खोजी गर्दा घटना पत्ता लागेको जनाएको छ । बिहीबार राति ९ बजे सबैला नगरपालिका ९ स्थित मृतकको घरबाट एक किलोमिटर परको खाल्डोमा शव फेला परेको थियो ।

छिमेकीको विवाहमा गएकी उनी अबेर रातिसम्म घर नफर्केपछि उनको खोजी गरिएको थियो । बालिका घर नर्फिएपछि उनलाई खोज्दै जाँदा उनको शब खाल्डोमा फेला परेको थियो।
घटनाको अनुसन्धानमा संलग्न दुई जना युवकलाई पक्राउ गरी थप कारबाही अघि बढाइएको जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS