images
images

प्रचण्डकी नातिनी प्रतिभा विवाह गर्दै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी एवम् प्रचण्डपुत्री रेणु दाहालकी सुपित्री विवाह बन्धनमा बाँधिदै छिन्। भरतपुर महानगरपालिका प्रमुख समेत रहेकी रेणु दाहालकी छोरी प्रतिभा पाठक शुक्रबार विवाह बन्धनमा बाँधिन लागेकी हुन्। उनकाे गोरखाका विज्ञानबाबु रेग्मीसँग विवाह हुन लागेको हो ।

गोकर्ण फरेस्ट रिसोर्टमा अहिले विवाहको भव्य तयारी भइरहेको छ । मंसिर १२ गते उनीहरूबीच टीकाटालो भएको थियो । विवाह समारोहमा प्रचण्डका पारिवारिक सदस्य, सरकारका मन्त्रीहरू, उच्च तहका कर्मचारीहरू, संवैधानिक प्रमुख, पूर्वप्रधानमन्त्रीहरू तथा विभिन्न दलका शीर्ष नेताहरू लगायतलाई निमन्त्रणा गरिएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिए ।

प्रतिभाले बेलायतबाट उच्चशिक्षा लिएकी छिन् । अर्थशास्त्री बिज्ञानबाबुले अक्सफोर्ड विश्वविद्यालयबाट ‘इकोनोमिक डेभलपमेन्ट’ मा स्नातकोत्तर गरेका छन् ।