images
images
images

पूर्व गृहमन्त्री खाण सात महिनापछि रिहाई

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण सात महिनापछि थुना मुक्त भएका छन। जिल्ला अदालतको थुनछेक आदेश विरुद्ध उच्च अदालत पुगेका खाण शुक्रबार रिहाई भएका हुन।

खाण गत बैशाख २७ गते पक्राउ परेका थिए। विहिबार उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाखमा छाड्न आदेश गर्दा उनीसँग न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो ।

जिल्ला अदालत काठमाडौँमा धरौटी रकम बुझाएपछि प्रहरीले उनलाई सम्पत्ति  शुद्धीकरण  अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाजिर गराएको थियो ।शुक्रबार उनलाई तारेखमा छाड्ने निर्णय भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS