images

डा केसी भोलि सत्याग्रह तोड्ने

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत बसेका डा.गोबिन्द केसीले आफ्नो तीन दिने सत्याग्रह भोलि(सोमबार) तोड्ने भएका छन् ।

गत शुक्रबार बेलुकीबाट अनसन सुरु गरेका डा. केसीले ७२ घन्टा नपुगेको भन्दै भोलिमात्रै सत्याग्रह तोड्ने बताएको केसीका सहयोगी डा.अमृत जैसीले जनाएका छन ।

बढ्दो उमेर र हालैमात्र शल्यक्रिया गरेका कारण डा.केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । अनुसार डा केसीको शरीर सुन्निएको छ भने रक्तचाप घट्दै गएको डा .जैसीले जानकारी दिए ।

डा. केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन् ।

त्यसैगरी गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने, जनसंख्या र भौगोलिक अवस्थिति अनुसार यस अगाडि सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेल्धुरामा सरकारी मेडिकल कलेजहरु खोल्नु पर्ने लगायतका माग अगाडि सार्दै अनसन थालेका थिए ।