images
images
images

संस्कृती मन्त्री किराँतीको अभिव्यक्ती प्रति प्रधानमन्त्रीको ध्यानाकर्षण होस्ः रवी लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले संस्कृती तथा पर्यटनमन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्तिबारे खेद प्रकट गरेका छन। सामाजिक सञ्जाल फेसबुक मार्फत सभापति लामिछानेले मन्त्री किराँतीको अभिव्यक्तीको विरोध जनाएका हुन।

लामिछानेले फेसबुक मार्फत भनेका छन, संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक छ। यस्तो गैर-जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ? प्रधानमन्त्री ज्यू, गम्भीर ध्यानाकर्षण होस् ।

मन्त्री किराँतीले बुधबार क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्ने अभिव्यक्ती दिएका थिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS