images
images

मन्त्री किराँतीको राजीनामाको माग-किराँती भन्छन, म सबैको अभिभावक हुँ

काठमाडौं। सामाजिक सद्भाव विथोल्ने गरि अभिव्यक्ति दिएका संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै विभिन्न व्यक्ति तथा सम्प्रदायहरुले आवाज उठाइरहेका छन।

मन्त्री किराँतीको राजीनामा मागबारे आवाज उठिरहेका बेला किराँतीले त्यसको खण्डन गरेका छन्। उनले आफू सबैको अभिभावक भएको उद्घोष गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन, बहसको लागि सबैलाई धन्यवाद !
संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गरौं ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो ।
उनले आफूलाई पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भन्ने गरेको बताएका छन। साथैले उनले थप लेख्दै भनेका छन, फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS