images
images
images

मन्त्री किरातीलाई राप्रपा अध्यक्ष लिङ्देनको जवाफ-हामी यस्ता बकम्फुसे कुरा नमान्न र जेल जान लामबद्ध छौँ

काठमाडौं। संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीको अभिव्यक्ती प्रति राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देनले आपत्ती जनाएका छन। अध्यक्ष लिङ्देनले मन्त्री किराँतीको कुरालाई बकम्फुसे भएको संज्ञा दिएका छन।

विहिबार सामाजिक सञ्जाल ट्विट मार्फत अध्यक्ष लिङ्देनले केरे केरे ?
क्रिश्चियनलाई मान्दिन भन्नुचैं संविधानलाई मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देशद्रोही हुन् भन्दै किरातीलाई ट्वीट मेन्सन गरेका छन।

उनले मन्त्री किरातीलाई यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेल हाल्दिने हो भन्दै प्रश्न गरेका छन।

अब देशलाईनै जेलमा परिणत गर्नु पर्ने भो त,याद गरौं क्रिश्चियनलाई त के यो संविधानलाई पनि नमान्ने अधिकार जनतालाई छ। हामी यस्ता बकम्फुसे कुरा नमान्न र जेल जान लामबद्ध छौँ उनले लेखेका छन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै विहिबार राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन नेपाल सनातन धर्म संस्कृति संगठनले विराेध प्रदर्शन समेत गरेको छ ।

विरोध प्रदर्शनमा सहभागीहरुले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियनलाई नमान्नेहरु संविधान विरोधी भएको र उनीहरुलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर हिन्दु धर्मसँग सम्बन्धित संघसंस्थाले बिरोध जनाएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS