images

अमेरिकामा ९० वर्षीया महिला गरिन् टेक्सस विश्वविद्यालयमा स्नातकोत्तर

काठमाडाै । अमेरिकाको टेक्सस राज्यमा ९० वर्षीया महिलाले टेक्सस विश्वविद्यालयमा स्नातकोत्तर गर्दै उनले इतिहास रचेकी छिन । साथै सबैभन्दा वृद्ध व्यक्तिमा उनको नाम लेखिएको छ ।

उक्त दिक्षान्त समारोहमा हजारौं स्नातकहरूले सप्ताहन्त उपाधि लिए तर उत्तर टेक्सस विश्वविद्यालय अर्थात् युनीभर्सिटी अफ नर्थ टेक्ससबाट यो उमेरमा अध्ययन समाप्त गर्दै उत्रिन हुन् सफल भएकी छिन ।

९० वर्षको उमेरमा मिन्नी पेनेले माध्यमिक बिद्यालय (हाईस्कूल) उत्रिण गरेको ७३ वर्षपछि अन्तरविषयक९इन्टरडिसीप्लीनरि० अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गरिन्।

उनले बिश्वबिद्यालयलाई आफ्नो डिग्री(उपाधि) पूरा गरेकोमा “उत्साहित” र “नम्र” भएको बताइन्, जुन उनले पूर्ण रूपमा बिधुतिय प्रणाली (अनलाइन)गरेकी थिइन् ।

पेने गरिब साउथ क्यारोलाइना कपडा उद्योग (मिल )समुदायमा हुर्केकी थिइन् र यूएनटीका अनुसार अशिक्षित उद्योग कामदारहरूको सन्तान थिइन् ।

उनले १९५० मा माध्यमिक बिद्यालयमा स्नातक गर्न सक्षम भइन् । एक घर जग्गा ब्यबसायमा सहायकको रूपमा काम गर्नु अघि, विवाह र दुई बच्चाहरू जन्माउनु अघि छोटो समयको लागि कनिष्ठ महाबिद्यालय (जुनियर कलेज)मा भाग लिइन्।

टेक्सस महिला विश्वविद्यालयमा भर्ना पछि ७३ वर्षको उमेरमा उनले २००६ मा स्नातक गरेको डब्लुपिडिई डटकमले आफ्नो समाचारमा उल्लेख गरेको छ।

“मैले सधैं शब्दहरूसँग काम गरेको थिएँ, र मलाई सधैं लेख्न मन पर्थ्यो, त्यसैले म तुरुन्तै विद्यालयमा फर्किएँ। म आफूलाई सुधार्न चाहन्थें,” उनले भनिन्।

“मलाई थाहा थियो कि म आफैं र मेरो परिवारलाई राम्रो गर्दैछु, र मैले आफूलाई रमाइलो र रचनात्मक काम गरिरहेको छु,” उनले भनिन् । हरेक दिन म मेरो जीवन र मेरो वरपरका मानिसहरूलाई सुधार्न केही गर्ने प्रयास गर्छु।”

अन्तमा ९० वर्षीया महिला टेक्सस विश्वविद्यालयमा स्नातकोत्तर गर्ने सबैभन्दा वृद्ध व्यक्ति बन्न सफल भएकी छिन ।