images
images

बाल यौन दुर्व्यवहारको आरोप लागेका छोटु सदा जिल्ला अदालतबाट हतकडी सहित फरार

काठमाडौं । बाल यौन दुर्व्यवहारकाे आरोपमा पक्राउ परेका छोटु सदा मुसहर जिल्ला अदालत सिराहाबाट हतकडीसहित फरार भएका छन् ।

शुक्रबार प्रहरीको भ्यानबाट झर्ने क्रममा उनी वकिल कार्यालय अगाडीबाटै फरार भएका हुन् । बिहीबार इलाका प्रहरी कार्यालय लहानबाट पक्राउ परेका उनलाई म्याद थपका लागि दिउँसो करिब ३ बजे जिल्ला सरकारी वकिलको कार्यालय सिरहा पु¥याइएको थियो ।

प्रहरीको भ्यानबाट ओराल्ने क्रममा सदा हतकडीसहित भागेपछि अहिले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।