images
images

उखु किसानलाई अनुदान वाफतको ८० करोड रकम भुक्तानी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत ८० करोड रकम भुक्तानी गरेको छ ।

गत आर्थिक वर्ष २०७९÷८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने एक अर्ब ३२ करोडमध्ये चालु आर्थिक वर्षमा सो रकम भुक्तानी गरिएको हो । बाँकी ५२ करोड बक्यौता भुक्तानीका लागि मन्त्रिपरिषद्ले रकम थप उपलब्ध गराउन स्वीकृत प्रदान गरेकाले सम्बन्धित जिल्लामा निकासापश्चात् कृषकको उपलब्ध विवरणका आधारमा भुक्तानी हुने मन्त्रालयले जनाएको छ ।

सरकारले चाल आर्थिक वर्षका लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल पाँच सय ६५ तोकेको छ । जसमा सरकारले प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान थप गर्ने छ ।