images
images

खाद्य उद्योगको प्रदूषणले परासीका जनता हैरान

नवलपरासीर। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ५ परासीमा अवस्थित “राणीसती खाद्य उद्योगको धूलो प्रदुषणले स्थानीय नागरिक स्वास्थ्यको समस्याले हैरान भएका छन्।

विगत केही दशकदेखि रामग्राम नगरपालिका वडा नं ५ घण्टा घर देखि बाईपास चोकको बीचमा अवस्थित रहेको “राणीसती खाद्य उद्योग तत्कालीन सञ्चालनकाे समयमा त्यस क्षेत्रमा बस्ती भने थिएन। उधाेग स्थापना सँगैं हाल उक्त क्षेत्रमा घना बस्ती भएकाे छ। उक्त बस्तीका बासिन्दाले उधाेगले प्रदुषण बढाएकाे भन्दै बन्द गर्न जिल्ला प्रशाशन कार्यालय पश्चिम नवलपरासीमा उजुरी दिए।

उजुरी दिएकाे ३ महिना वितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी र रामग्राम नगरपालिकामा दिइएको उजुरीको कुनै सुनवाई नभएकाे भन्दै स्थानीयबासिन्दाले अाक्राेश व्यक्त गरेका छन्।

स्थानिय शम्भु गुप्ताले भने,हामी पटक पटक जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी र रामग्राम नगरपालिकामा उजुरीको सुनवाई किन भएन भनि प्रश्न गर्दा जवाफ दिएकाे छैन। उनले सम्बधित निकाय आम जनताको स्वास्थ्यसँग खेलवाड गरेकोले हुनाले तत्काल समस्या समाधान नभए आगामि समयमा कडा रूपले उत्रिने चेतावनी दिए।

उक्त उद्योगले च्यूरा लगायतको खाद्यान्न वस्तु उत्पादन गर्दै आईरहेको छ। हाल त्यस क्षेत्रमा अस्पताल, बाक्लाे बस्ती समेत रहेकाे छ ।

उद्योगबाट निस्किने धुवां धुलो तथा प्रदुषित पानी कारण वातावरणमा समेत व्यापक असर पर्न गएकोले यसको व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी,रामग्राम नगरपालिका,वन तथा वातावरण कार्यालय परासी,घरेलु तथा साना उद्योगको कार्यालय परासीलाई बोधार्थ गर्दै टोलबासीले उजुरी दर्ता गरेका थिए।