images
images

शरणार्थी सिविरमा आगलागी तीनवटा घर जलेर नष्ट

काठमाडौं। झापाको दमकमा रहेको शरणार्थी शिविरमा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् । गए राति झापाको दमक नगरपालिका ३, बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा आगलागी तीन घर जलेर नष्ट भएका हुन्।

बिजुलीको तार शर्ट भएर सेक्टर सी ४ छाप्रा नं ५३५ बस्ने भीमबहादुर घिमिरेका तीन वटै घरमा आगलागी भएको जिल्ला प्रहरी झापाले जनाएको छ ।

आगलागीबाट घर सहित सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। झन्डै नौ लाख मूल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।