images
images

देश चिनाउन हिँडेका मिङ्माको ‘सगरमाथाको शेर्पा म ’आत्मकथा लोकार्पण

काठमाडौं । मिङ्मा दोर्जी शेर्पाद्वारा लिखित ‘सगरमाथाको शेर्पा म ’आत्मकथा लोकार्पण गरिएको छ । काठमाडौको अकमा होटलमा शनिबार आयोजित एक कार्यक्रमकाबीच पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, जरा फाउन्डेसन नेपालका अध्यक्ष कृष्ण प्रसाई, वरिष्ठ साहित्यकार प्रतीक ढकाल, गीतकार तथा लेखक देवेन्द्र केसी, छाया लेखक सृजना शर्मा र प्राध्यापक डाक्टर रेनुका दाहालले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तकमा लेखक मिङ्मा दोर्जी शेर्पाको जीवन भोगाइ, जीवन सार्थक बनाउन गरिएका संघर्षका कथाका साथै १६ वर्षको उमेरमा नेपालबाट जापान हुँदै थुप्रै देशहरु घुम्दाको तीता मीठा अनुभव समेटिएको छ । विगत ३६ वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय शेर्पाले यो पुस्तक आफ्नी श्रीमतीलाई सर्मपित गरेको बताएका छन् ।

वीरल्याण्डका पर्यटन मन्त्रीसमेत रहेका शेर्पाको यो पुस्तक अङ्ग्रेजी, सिम्बाली तथा उत्तर कोरियन भाषामा अनुुवाद गर्ने तयारी गरिएको छ । कार्यक्रममा अतिथीहरुलाई सम्मान पनि गरिएको थियो । पुस्तक जरा फाउन्डेसन नेपालले प्रकाशन गरेको हो ।