images

सन्दीप लामिछानेको मुद्धा हेर्दाहेर्दैमा

काठमाडौं। नाबालिका बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्धा हेर्दा हेर्दैमा परेको छ । आइतबार अन्तिम फैसलाका लागि सुरु भएको बसह नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

आइतबार सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले पीडितको पक्षबाट बहस गरेका थिए। सरकारी वकिल पक्षको बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्नेछन्। त्यसपछि सन्दीपको तर्फबाट बहस हुनेछ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो। काठमाडौं जिल्ला अदालतमा १ वर्षदेखि विचाराधीन रहेको उक्त मुद्दामा फैसलाका लागि पटक पटक पेसी तोकिँदै आए पनि अदालतले निर्णय सुनाउन सकेको छैन।

लामिछानेविरुद्धको मुद्दामा यसअघि गत २४ गते पेसी थियो। उक्त दिन लामिछानेका वकिलकै तर्फबाट मुद्दा स्थगित भएको थियो। लामिछानेकाे मुद्दा हालसम्म ३२ पटक पेसी तोकिएकामा ८ पटक स्थगन मात्रै भएको छ।

१ वर्षभन्दा बढी समयदेखि विचाराधीन उक्त मुद्दाको सन्दर्भमा सर्वोच्च अदालतले ‘फास्ट ट्र्याक’बाट छिनोफानो गर्न आदेश समेत दिएको छ।