images

मृतक आरती साहका पति मोतिबाबु पुनः पक्राउ

जनकपुरधाम । आरती साह मृत्यु प्रकरणमा उनका पति मोतिबाबु साह पूनः पक्राउ परेका छन। मृतक साहका श्रीमान जनकपुरबाट पक्राउ परेका हुन । आरती साह मृत्यु प्रकरणमा विगत १८ दिनदेखि फरार रहेका उनका श्रीमान मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले साहलाई सोमबार बिहान जनकपुरधामको सिताचोकस्थित होटल सगुनबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा उनका श्रीमान् मोतीबाबुलाई गत मंसिर २० गते थुनामा पठाउन आदेश दिएको थियो ।

न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले साहलाई थुनामा पठाउने आदेश दिएसँगै उनी फरार भएका थिए । यस्तै आरती साहका ससुरासँग १ लाख रूपैयाँ धरौटी माग गरिएको थियो ।

यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनीहरू दुवै जना थुनाबाहिर थिए । यता, आरती साहको परिवार न्यायको माग गर्दै माइतीघर मण्डलामा १९४ दिनदेखि धर्नामा बसेको छ ।