images
images
images

प्रधानमन्त्री प्रचण्डले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि( मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

आफ्नो एक वर्षको कार्यकालमा भएका उपलब्धी र आगामी कार्य योजनाका बारेमा जानकारी दिने उद्धेश्यले प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

आचार्यका अनुसार मंगलबार दिउँसो तीन बजे प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

राष्ट्रपतिमा तत्कालिन गठबन्धन कांग्रेसलाई बनाउने निर्णय गरेसँगै एमाले, रास्वपा र राप्रपा सत्ताबाट बाहिरिएका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS