images

१७ औं चितवन पर्यटन तथा हात्ती महोत्सवको तयारी पूरा

काठमाडौं । १७औं संस्करणको ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ को तयारी पूरा भएको छ ।

विगत केही वर्षदेखि रोकिएको महोत्सव पुस १० देखि १४ गतेसम्म सञ्चालन गर्न लागिएको हो । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुन लागेको महोत्सवका लागि आवश्यक तयारी सकिएको आयोजकले जनाएको छ ।

महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, स्वदेशी र विदेशी पर्यटन व्यवसायीसँग बिटुबी सहमति, सांस्कृतिक झाँकीलगायत कार्यक्रम रहेको छ । महोत्सवमा कृषि पर्यटनसँगै जोडिका वस्तु र थारु खानाहरु सहितको स्टलहरु राखिनेछ ।

महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता भने नहुने भएको छ ।