images
images

श्रृखलावद्ध रुपमा चोरी गर्ने गिरोह प्रहरीको फन्दामा

नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले श्रृखलाबद्ध चोरी गर्ने गिरोहलाई प्रक्राउ गरेको छ। पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नम्वर ६ पोखरापाली वस्ने बर्ष १९ का कृष्णमोहन अग्रहरी बनिया, त्यस्तै रामग्राम ५ बस्ने २७ बर्षिय अमृत अग्रहरी र रामग्राम ७ वस्ने ३१ बर्षे रोशन आर्चाय रहेका छन् ।

उनीहरुले जनस्वास्थ्य कार्यालय परासीबाट विभिन्न सामाग्री चोरी गरेको प्रहरीले जनाएको छ । त्यस्तै सुनवल नगरपालिका अन्तर्गत चोरी गर्ने वर्दघाट वडा नम्वर १ घर भई हाल सुनवल ३ खैरेनी बस्ने २१ वर्षीय अविनाश पंगेनी, गुल्मी मुसीकोट ९ का सुवाश विश्वकर्मा र रोल्पा खुमेल गाँउपालिका ३ का मिलन घर्तीमगरलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

जनस्वास्थ्य कार्यालयबाट कम्प्युटर सेट थान १, माउन्टेन साइकल १ थान, गरि १ लाख १३ हजार मुल्य बराबरको सामाग्री चोरी गरेका थिए । उनीहरुलाई प्रहरीले आज विहान रामग्राम नगरपालिका वडा नम्वर ७ उजैनीबाट नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै सुनवल नगरपालिकाबाट चोरी गरिएका ३ थान मोवाइल, २ थान घडि, १ थान पेन ड्राइभ, १ थान कार्डरिडर, २ थान चाँदीको बाला, १-१ थान ग्यास चुलो र सिलिन्डर, १ थान हेडफोन, १ थान प्रेसर कुक्कर, २ थान स्टेलको थाल, १ थान इलेक्ट्रीक जग र ४ थान तामाको सानो ठुलो पालाहरु उनिहरु वस्ने डेराबाट प्रहरीले बरामद गरेको छ।

पक्राउ परेकाहरु माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक रेशम बोहराले स्पेस समाचारलाई जानकारी दिए।