images

यसै साता प्रधानमन्त्री कार्यालयको संरचनामा परिवर्तन गर्दैछुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसै साता प्रधानमन्त्री कार्यालयको संरचनामा परिवर्तन गर्ने बताएका छन्। सोमबार सरकारको नेतृत्व गरेको एक वर्षे कार्यकालको अवसरमा देशको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन।

सम्बोधनका क्रममा उनले भने, ‘यसै साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु । सिंगो राज्यका लागि यो एउटा संकेत र सन्देश हुनेछ ।’

प्रधानमन्त्री दाहालले अब निर्धारित पूर्वकार्यक्रमबाहेक सार्वजनिक कार्यक्रममा नजाने घोषणा गरेका छन् । उनले नयाँ नीति तथा कार्यक्रम, बजेट निर्माणमा लाग्ने स्पष्ट पारेका छन् । उनले दलहरुलाई क्रमभंगता उलंघन गर्न समेत अनुरोध गरे ।उनले विश्वविद्यालयमा हुने नियुक्तीमा समेत सुधार हुनु पर्नेमा जाेड दिए।

प्रधानमन्त्री प्रचण्डले आफू अपरिहार्य बाहेकका कार्यक्रममा नजाने उद्घोष समेत गरेका छन। उनले , ‘केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु ।’

माघ मसान्त भित्र जनघनत्वको विकासका आधारमा जिल्ला प्रशासन कार्यालय र राहदानी कार्यालयको समावधी छोट्याइने छ। वैदेशीक रोजगारीलाई व्यवस्थित बनाएको बताए। विदेश स्थित वैदेशीक नियोगका कार्यालय मार्फत नविकरणको व्यवस्था गरेको बताए।

वैदेशीक रोजगारलाई पूर्ण अनलाईन गरिने,कम्पनी रजिष्टारको कार्यालयलाई व्यवस्थित गर्दै लैजाने बताएका छन। लामो समयदेखि बन्द भएको चिनियाँ नाकाहरु खुला भएको बताए।

उनले महाकाली करिडोरको काम सञ्चालन भएको बताए । नेपालगञ्जमा एकिकृत जाँच चौकी सञ्चालनमा आएको बताए।
भूकम्पका पीडितलाई अस्थायी आवास निर्माणका लागि दुई अर्ब २० करोड निकासा भएको स्पष्ट पारे। उनले अबकाे एक महिनाभित्र अस्थायी अावासकाे निर्माण कार्य सम्पन्न गरिसक्ने बताए ।

सरकारले भूमिहिनकाे समस्या समाधान गर्न एक साथ जग्गा दिने कार्य अघि बढाएकाे बताए ।

लोकतन्त्र बलियो नभई राष्ट्र बलियो नहुने उद्घोष गरे। उनले एकात्मक शासन प्रणाली सहि थियो भन्ने गलत भाष्य स्थापना गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरे। आफ्नो सम्बोधनका क्रममा उनले महिला,दलित,सिमान्तकृत वर्गलाई न्याय प्रदान गरेको बताए।

उनले आफू प्रदेशलाई बलियो बनाउन लागेको बताए। प्रदेशमुख्यमन्त्रीको असन्तुष्टि बढेको बताउँदै उनले प्रदेश तहलाई बलियो बनाउने गाँठा फुकाउने दाबी गरे । उनले मन्त्रीहरुलाई साक्षी राख्दै भने हामीलाई असफल हुने छुट नभएको बताए।