images
images

नेविसंघद्वारा जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि सात लाख ११ हजार सहयाेग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्र्स निकट विद्यार्थी संगठन नेपाल विद्यार्थीसंघ(नेविसंघ)ले भूकम्प पीडितका लागि सात लाख ११ हजार रुपैयाँ जम्मा गरेको छ ।

बुधबार नेपाल पिद्यार्थी संघका अध्यक्ष डुजाङ सेर्पाको नेतृत्वको टोली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उक्त रकम हस्तान्तरण गरेको हो ।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाडालाई केन्द्रविन्दु बनाएर गएको बिनाशकारी भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिमका सयौंको ज्यान गएको थियो भने हजारौं नागरिकहरु घरबार विहिन बनेका थिए।

पीडितहरुको आवास निर्माणका लागि नेपाल विद्यार्थी संघका केन्द्रीय कमिटीका ७११ जना सदस्यहरुले एक हजारका दरले रकम उठाएर राहतकोषमा जम्मा गरेको नेविसंघका नेता अधिवक्ता सुरज सेजुवालले स्पेस समाचारलाई जानकारी दिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS