images
images
images

समाजवादी मोर्चाको बैठकमा विप्लवको आक्रोश-सहमति गर्ने अनि घेराबन्दी पनि !

काठमाडौं। समाजवादी मोर्चाको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले आक्रोश व्यक्त गरेका छन्। खासगरि सत्तारुढ दल माओवादी केन्द्रलाई लक्षित गर्दै बुधबार बिहान बसेको मोर्चाको बैठकमा विप्लवले आक्रोश व्यक्त गरेका हुन ।

सरकारले आफूहरुसँग पटक पटक सहमति गरेर पनि त्यसलाई कार्यान्वयन गर्नुको सट्टा पक्राउ पुर्जी जारी गरेको भन्दै असन्तुष्टि जनाएका हुन। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै विप्लवले भने,

‘सरकारका कामहरूको बारेमा छलफल सुरु भएको छ । पक्राउ पुर्जीबारे पनि छलफल सुरु भएको छ । सरकार सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन् तर यो चल्दैन ।’ बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा र सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रहरुले षडयन्त्र गरिरहेको भन्दै त्यसलाई निस्तेज पार्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक वर्षे कार्यकालको सामान्य समीक्षा समेत भएको छ । गत असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरिएको थियो । बैठक आजै साँझ ६ बजे बस्ने गरि स्थिगित गरिएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS