images

त्रिवि बन्यो उपकुलपति, रेक्टर र रजिष्टार विहिन

काठमाडौं। मुलुककै सबै भन्दा जेठो त्रिभुवन विश्व विश्वविद्यालय यति बेला उपकुलपति, रेक्टर र रजिष्टार विहिन बन्न पुगेको छ ।

डेढ महिनादेखि त्रिभुवन विश्वविद्यालयमा उपकुलपति,रेक्टर पद खाली रहेको भए पनि सोमबारबाट भने रजिष्टारको पद समेत रिक्त भएको छ ।

त्रिभुवन विश्वविद्यालउमा दलीय भागबन्डा नमिल्दा नियुक्तीमा ढिलाई हुँदै आएको छ । उक्त पदहरु रिक्त हुँदा निमित्तको भरमा सञ्चालन हुँदै आइरहेको छ।

तत्कालीन उपकुलपति धर्मकान्त बाँस्कोटाको गत कात्तिक १६ मा कार्यकाल सकिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल र शिक्षामन्त्री अशोककुमार राईले उपकुलपति नियुक्तिको सट्टा कात्तिक १७ मा रेक्टर शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएका थिए। भुसाल कात्तिक १९ मा ३ महिने उपकुलपतिमा पदबहाल भएपछि रेक्टर पद पनि रिक्त बनेकाे हाे ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले रेक्टरलाई ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका हुन् । सहकुलपति तथा शिक्षामन्त्री संयोजकत्वको सिफारिस समितिको सिफारिसका आधारमा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था त्रिवि ऐनमा प्रष्ट व्यवस्था रहेकाे छ ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वविद्यालयमा राजनीतिक भागबन्डा नगर्ने प्रतिबद्धता दोहोर्‍याए । ‘विश्वविद्यालय सुधार्न राजनीतिक भागबन्डा हुनेछैन । यसअघि पनि प्रधानमन्त्री प्रचण्डले त्रिविकाे दीक्षान्तर समाराेहमा उक्त कुरा बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो मनतव्यमा राजनीतिक भागबण्डाका आधारमा नियुक्त नहुने भनेता पनि आन्तरिक रुपमा उपकुलपति,रेक्टर र रजिष्टारमा माओवादी,कांग्रेस र एकिकृत समाजवादी पार्टीले भाग खोजेका कारण नियुक्तीमा ढिलाई भइरहेको शिक्षाविद्हरुले जनाएका छन।