images
images

प्रतिगामी शक्तिहरु संविधानविरुद्ध षड्यन्त्रका तानाबाना बुनिरहेका छन्ः नेपाल

काठमाडौं। एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले देशी विदेशी शक्तिहरु संविधानलाई असफल बनाउन लागिरहेको आरोप लगाएका छन्।

बुधबार एकिकृत समाजवादीको केन्द्रीय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधानलाई असफल बनाउनका लागि प्रतिगामी शक्तिहरु लागि परेको बताए ।

उनले भने,‘संविधानमाथि आक्रमण हुन थाल्यो। हामी फेरि गम्भीर बन्नुपर्छ। अहिले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन्। देश(विदेशका शक्तिहरूले नेपालभित्र षड्यन्त्रका तानाबाना बुनिरहेका छन्।’ बैठकमा पार्टीकाे अान्तरिक विषयमा समेत छलफल भइरहेकाे छ ।