images
images

प्युठानमा विङ्गर दुर्घटना, १० जना घाईते


काठमाडौं । प्युठानको सरुमारानी गाउँपालिका–४ बनडाडामा विङ्गर गाडी दुर्घटना भएको छ । जिल्लाको बाग्दुलाबाट भालुवाङका लागि छुटेको लु २ ख ३०९३ नम्बरको गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए ।

दुर्घटनामा परि १० जना यात्रुहरु घाइते भएका छन् । घाईतेहरुलाई एम्बुलेन्स मार्फत दाङको भालुबाङ पठाइएको प्रहरी निरिक्षक खनालले जानकारी दिए ।

दुर्घटना के कति कारणले भएको भन्नेबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।