images
images
images

टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको लेखा समितिको निष्कर्ष

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । बुधबार बसेको समितिको बैठकले टेरामक्स प्रणाली खरिदबारे नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायत निकायका अधिकारीहरुसँग छलफलका लागि बोलाएको थियो ।

छलफलपछि समितिले टेरामक्स प्रविधि खरिदसँग सम्बन्धित सम्पूर्ण प्रक्रियाहरुलाई यथास्थितिमा राख्दै शिघ्र अनुसन्धानको निष्कर्षमा पुग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो । समितिले टेरामक्स खरिद प्रक्रियामा गड्बडी भएको १५ बुँदे निष्कर्ष निकालेको छ ।

यसबारे अनुसन्धान गरी हरेक ३० दिनमा प्रगति विवरण बुझाउन समितिले अख्तियारलाई भनेको छ । साथै अधिकारको दुरुपयोग भएको देखिएमा र राज्यलाई हानि, नोक्सानी हुनेगरी काम भएको पाइएमा सम्बन्धितलाई हदै सम्मको कारबाहीका लागि माग दाबीसहित कानून बमोजिम प्राथमिकताका साथ अभियोजन प्रक्रियामा लैजान पनि समितिले आयोगलाई निर्देशन दिएको समितिका सभापति ऋषिकेश पोखरेले जानकारी दिए ।

समितिले टेरामक्स खरिद प्रक्रियामा शर्तहरु टेण्डरको दौरानमा पटक–पटक फेरिएको उल्लेख गरेको छ । तत्कालिन मन्त्रालयका सचिवालयका सदस्यहरु नै टेरामक्स प्रविधिको बजार व्यवस्थापक रहेको देखिएको समितिको निष्कर्ष छ ।

त्यस्तै लागत आधार बनाउने विज्ञ नै सप्लायर्ससँग सम्बन्धित रहेको, अल्जेरिया र इरानमा यही कम्पनीले न्युन मूल्यमा उपलब्ध गराएपनि नेपालमा भने त्यसको तुलना र बजार विश्लेषण नगरी प्रक्रिया अगाडी बढाएकोप्रति समितिले आशंका व्यक्त गरेको छ । त्यसैगरी, भुक्तानी स्थानीय मुद्रामा गर्नुपर्ने शर्त भएकोले विधि सफ्टवेयरको भुक्तानी स्थानीय मुद्रामा गर्दा कर छली हुनसक्ने समितिको अनुमान छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS