images
images

मिर्चैयाका होटलहरूमा प्रहरीकाे लगातार छापा, दुई होटलबाट ६ जना पक्राउ

सिरहा । सिरहाकाे मिर्चैयामा प्रहरीले बुधबार घटेको घटनापछि होटल लगातार छापा मार्दा दुई होटलबाट ६ जना पक्राउ परेका छन् ।

होटलहरूमा अनैतिक गतिविधि बढेको जनगुनासो बढेपछि मिर्चैया प्रहरीले अनुसन्धान तिब्र बनाएकाे हाे । प्रहरीले बुधबार र विहिबार लगातार होटलहरूमा छापा र निगरानी बढाएको हाे।


छापाका क्रममा प्रहरीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित होटलहरूबाट ६ जनालाई पक्राउ गरेकाे छ । ओखलढुंगे होटलबाट विहिबार दिउँसो होटल सञ्चालक र एक महिला गरी दुई जना र एभरेष्ट होटलबाट राति २ पुरुष र २ महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले स्पेस समाचारलाई जानकारी दिए । होटलहरूमा निगरानी बढाएको र गलत गतिविधिमा संलग्न रहेकाहरूलाई कानुनी कारवाही हुने पनि उनले बताए ।