images

क्रिकेटर सन्दीप लामिछानेको आज भाग्य फैसला हुँदै

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध दायर भएको नाबालिका बलात्कार मुद्दामाथिको आज पनि सुनुवाइ हुने भएको छ । प्रतिवादीतर्फबाट आज बहस सकिए मुद्दामाथिको सुनुवाइ टुङ्ग्याइने बताइएको छ ।

काठमाडौँ जिल्ला अदालतमा बिहीबार भएको सुनुवाइमा सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

बुधबार वादी पक्षको सकिएकोमा बिहीबार प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।उक्त मुद्धामा गत आइतबार फैसला बहस सुरू भएको थियो ।