images
images

यति एयरको विमान चालक दलको कमजोरीका कारण भएको आयोगको निष्कर्ष

काठमाडौं । पोखराको सेती खोँचमा भएको यती एयरको विमान दुर्घटनामा चालक दलको कमजोरी रहेको दुर्घटना जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ ।

गत वर्षको माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित आयोगले बिहीवार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको हो । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई हस्तान्तरण गरेको हो ।

पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा चालक दलका ४ सदस्य र ६८ जना यात्रुसहित ७२ जनाकै मृत्यु भएको थियो । प्रतिवेदन बुझाउँदै आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जानेर वा नजानेर पाइलटका कारण जहाज फेदरिङ भएको र सोहीकारण जहाज दुर्घटनामा परेको निष्कर्ष निकालेको बताए ।

दुर्घटना हुनुको कारणमा जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको र त्यस अवस्थामा जहाज अगाडि बढ्न नसक्ने भएका कारण जहाज भुँइमा झरेको उनको भनाइ छ । यसो हुनुमा मानवीय कारण दोषी मानिएको आयोगको ठहर छ ।
बाइट…
प्रतिवेदन बुझ्दै मन्त्री किराँतीले आयोगले दिएको सुझाव कडाइका साथ कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिए । उक्त विमान दुर्घटना नेपाली आन्तरिक हवाई उडानको सबैभन्दा विनाशकारी दुर्घटना भएको उनको भनाइ छ ।