images
images

जन्मकैद सजाय पाएका इब्राहिम मिया पाँच वर्षपछि पक्राउ

सिरहा । सिराहामा जन्मकैद सजाय पाएका इब्राहिम मिया पक्राउ पक्राउ परेका छन् । खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् ।

फरार अभियुक्त सिराहाको कल्याणपुर नगरपालिका-१२ बेल्हा बस्ने वर्ष ५६ का मो. इब्राहिम मियालाई विहिबार प्रहरीले पक्राउ गरेको हो । खुन डाँका मुद्दामा मियालाई उच्च अदालत जनकपुर राजविराजले १८ पुस २०७५ मा २० वर्ष (जन्मकैद) को फैसला सुनाएको थियो ।

फरार रहेका मियालाई गोप्य सूचनाको आधारमा मंगलबार सिराहा नगरपालिका ७ अस्पताल स्थितबाट पक्राउ गरेर बुधबार जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेशमा मियालाई कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।