images

प्रर्दशनकारीले म र मेरो पिएसोलाई बाहिर निकालेर गाडीमा आगो लगाइदिएः मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । मन्त्री ज्वालाले आफूलाई बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाइदिएको बताएका छन्।

शुक्रबार दिउसो रोजगार अनुमति प्रणाली(इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले ललितपुरको बालकुमारीमा उनी चढेको बा २ झ ५८६१ नम्बरको गाडीमा आगो लगाएर जलाइदिएका हुन्।

आगजनी पछि मन्त्री ज्वालाले भने, ‘म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिएँ। हतारमा पनि थिएँ। बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ । मलाई थाहा थिएन। उनीहरू आन्दोलन गरिरहेका थिए। उनीहरुकाे निशानामा हामी पर्‍यौं। उनीहरूले पहिले गाडीकाे हावा खुस्काए। धकेलाधकेल गर्न थाले। मैले केही मेसै पाइनँ । ’

उनले आफूहरु कसाेकसाे उम्किए पनि ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न नपाइएकाे बताए ।