images

अपडेटः बालकुमारी आन्दोलनमा प्रहरीकाे गाेलीबाट मृत्यु हुनेको संख्या दुई

काठमाडौं । ललितपुर बालकुमारीमा मन्त्रीको गाडी आगजनी घटनामा प्रहरीकाे गाेली लागेर मृत्यु हुनेको संख्या दुई पुगेको छ। आन्दोलनमा घाईते भएका दुई मध्ये एक जनाको पाटन अस्पताल र एकजनाको किष्ट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा दैलेख घर भइ भक्तपुर बस्ने २३ वर्षीय सुजन राउत र वीरेन्द्र शाह रहेका छन्। शुक्रबार दिउँसो ललितपुर ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनीमा भएको हो।

मन्त्रीको बा २ झ ५८६१ नम्बरको गाडीमा प्रदर्शनकारीले आगजनी गरेका हुन्। मन्त्रीको गाडीलाई आन्दोलनकारीले घेरेपछि प्रतिकारमा सुरक्षाकर्मीले गोली चलाएका थिए।