images
images
images

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

काठमाडौं। जबरजस्ती करणी (बलात्कार)को मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार फैसला सुनाउँदै सन्दीपलाई दोषी ठहर गरेको हो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो। 

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन। जिल्ला अदालतले सजाय निर्धारणका लागि सुनुवाइ हुने मिति पुस २५ गतेका लागि तोकेको छ। उक्त दिन अदालतले कति सजाय र जरिवाना हुनेबारे निर्णय सुनाउने छ। 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS