images
images

प्रचण्डलाई बालुवाटारबाट खुमलटार पुर्याउने गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पु¥याउने चेतावनी दिएका छन् ।

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको जिकिर गरेका हुन् । महामन्त्री थापाले बालकुमारीमा शुक्रबार भएको घटनाप्रति दुःख व्यक्त गरे ।

महामन्त्री थापाले पार्टी सभापतिको गोजीबाट राष्ट्रिय सभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्ने धारणा राखेका छन् । उनले यसबारेमा आफूले महासमितिको बैठकमा प्रश्ताव गर्ने र सो प्रश्तावमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुसँग आग्रह गरे ।

महामन्त्री थापाले सरकारमा गएका मन्त्रीहरुले काम गर्न नसके फिर्ता बोलाउनुपर्ने पनि बताएका छन