images

विधुत महसुल नतिरेको भन्दै थप १४ उधोगको लाइन कटाैती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड फिडर’ एवं ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महशुल नतिरेको भन्दै थप १४ वटा उद्योगको लाइन काटेको छ ।

प्राधिकरणले ५ करोड रुपैयाँभन्दा धेरै विद्युत् बक्यौता भएका थप १४ उद्योगमा विद्युत आपूर्ति बन्द गरेको जनाएको छ । लाइन काटिएकामध्ये बाबा जुट मिलको ९५ करोड ६१ लाख रुपैयाँ, निगाले सिमेन्टको १४ करोड २१ लाख, त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजको १५ करोड ६६ लाख र हिमाल आइरन एण्ड स्टिलको ८ करोड १३ लाख बक्यौता छ ।

जगदम्बा इन्टरप्राइजेजको ४७ करोड ९८ लाख, हामा आइरनको ११ करोड ५५ लाख, एभरेष्ट पेपर मिलको २१ करोड ३६ लाख रुपैयाँ बक्यौता छ । यसैगरी कसमस सिमेन्टको ३५ करोड ८२ लाख, शुभश्री अग्नि सिमेन्टको ३८ करोड १० लाख, जगदम्बा सिन्थेटिकको ४७ करोड ५३ लाख, घराना फुड्सको ५ करोड ९ लाख रुपैयाँ, सिद्धार्थ पेटप्लास्टको ५ करोड २४ लाख, बुटवल सिमेन्टको ३२ करोड ९८ लाख रुपैयाँ तथा नारायणी अस्पतालको ७८ करोड ४९ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।