images
images

कविलवस्तुमा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक अनावरण

कपिलवस्तु । राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक अनावरण गरिएको छ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ३ खरेन्द्रपुर चौराह स्थित ठाउमा राष्ट्रिय विभुति पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको हो ।

शनिवार पुर्व राजा विरेन्द्र शाहका जन्मोत्सवको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले सालिकको अनावरण गरेका हुन । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको पहिलो नगरसभाबाट राष्ट्रिय विभुति पृथ्वीनारायण शाहको सालिक निर्माणका लागि रकम विनियोजन गरिएको थियो ।

पुर्वराजा ज्ञानेन्द्रले शालिकको अनावरण गर्नु अघि खरेन्द्रपुरमा रहेको वालहंस सांङ्गवेद स्वर्गद्धारी आश्रममा पुजा पाठ गरि पुर्व राजाले जनता संग भेट गर्दै शालिक अनावरण स्थान सम्म पैदल यात्रा गरेका थिए । पुर्व राजा ज्ञानेन्द्र संग उनका नाति हृदेन्द्र शाह पनि संगै रहेका थिए ।

सालिक शिवराज नगरपालिको रु २५ लाख लागतमा निर्माण गरिएको हो । राजसंस्थासँग जोडेर नभइ विभुतिको रुपमा पृथ्वीनारायण शाहको प्रतिकका रूपमा सम्मान गर्दै शालिक निर्माण गरीएको शिवराज नगरपालिका कपिलवस्तुका नगर प्रमुख अजय थापाले बताए ।