images

नेपाल नागरिक उड्यन प्राधिकरण ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफामा

काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरणले गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ। आईतबार नागरिक उड्डयन प्राधिकरणको २५औँ वार्षिकोत्सव कार्यक्रममा महानिर्देशक प्रदीप अधिकारीले पछिल्लो एक वर्षमा सबै खर्च कटाएर ३ अर्ब ४९ करोड १५ लाख कमाएको जानकारी गराएका हुन् ।

प्राधिकरणको आय एड्ओटिकलतर्फ ११ अर्ब ७२ करोड १७ लाख तथा नन्एड्ओटीकलतर्फ १ अर्ब ७८ करोड ८६ लाख गरी जम्मा १३ अर्ब ५१ करोड ३ लाख रुपैयाँ रहेको छ । त्यस्तै पुँजीगत खर्च तर्फ ७ अर्ब ४४ करोड ३८ लाख, कार्यसञ्चालन खर्चतर्फ ४ अर्ब २२ करोड ९९ लाख, आयकर तथा अन्य खर्च ४ अर्ब १५ करोड ५ लाख गरी १५ अर्ब ८२ करोड ८३ लाख खर्च भएको महानिर्देशक प्रदीप अधिकारीले जाकारी दिए । उनले हवाई उडानमा यात्रुहरुको संख्या पनि ३ सय ६४ प्रतिशत र कार्गो पनि सय प्रतिशतले वृद्धि भएको बताए ।

महानिर्देशक अधिकारीले गत वर्षको सोही अवधिको तुलनामा यात्रुको संख्यामा ४१ दशमलव ०४ प्रतिशतले वृद्धि भएको तथ्याङ्क प्रस्तुत गरे ।

सन् २०२३ नोम्बेम्बरसम्ममा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडानमार्फत यात्रा गर्ने यात्रुको संख्या ४१ लाख ५४ हजार ३९३ पुगेको उनको भनाइ छ । आन्तरिक उडानतर्फ सन् २०२३ नोभेम्बरसम्ममा ७७ लाख ९४ हजार २१७ पुगेर ३७ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ ।